सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लैङ्गिक हिंसा रोकथामका लागि प्रभावकारी योजनामा जोड

कञ्चनपुर । लैङ्गिक हिंसा रोकथामका लागि सम्बन्ध निकायबाट प्रभावकारी योजना ल्याएर कार्यान्वयनमा सरोकारवालाले जोडदिएका छन ।
लैङ्गिक हिन्सा बिरुद्धको १६ दिने अभियानकै सिलसिलामा शुक्रबार महेन्द्रनगरमा संजिवनी नेपालको समन्वयमा सुदूरपश्चिम पैरवी जिल्ला संञ्जालको प्रथम महिला भेला कार्यक्रम सहभागि सरोकारवालाले लैङ्गिक हिन्सा रोकथामका लागि सम्बन्ध निकायबाट प्रभावकारी योजना ल्याएर कार्यान्वयनमा सरोकारवालाले जोडदिएका हुन ।

No description available.
कार्यक्रममा सुदूरपश्चिम पैरवी जिल्ला संञ्जालका संयोजक एव सञ्जिवी नेपालका कार्यकारी निर्देशक नितु भट्टले अझ्ैपनि महिलामाथि लैङ्गिक हिन्सा घटना नरोकिएको बताए । उनले महिला हिन्सा रोकथामका लागि प्रभावकारी योजना संचालनमा स्थानीय सरकार अग्रसर हुनु्पर्नेमा जोड दिईन । महिलामैत्री कानुनको प्रभावकारी कार्यान्वयन, अर्थपुर्ण सहभागिता र भ्रष्टाचार न्यूनिकरण, महिलामुखी कार्यक्रम संचालन हुनुपर्नेमा जोडदिईन ।

Sana Kishan

No description available.
महिला अगुवा एव भीमदत्त नगरपालिका तत्तकालिन कार्यपालिका सदस्य गिता ओलीले महिलाका हक अधिकार सम्बन्धमा बनेका ऐननियम व्यवहारिक कार्यान्वयनमा जोडदिदै स्थानीय तहबाटै महिलाका लागि आत्मनिर्भरका कार्यक्रम संचालनमा गर्नुपर्ने सुझाव दिईन । अर्की महिला अगुवा एव सुदूरपश्चिम पैरवी जिल्ला संञ्जालका उपसंयोजक नारु सिहले महिला हिन्साका घटना रोकथामका लागि कानुन कार्यान्वयनदेखि सचेतना आवश्यक रहेको बताईन ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा भीमदत्त नगरका जनप्रतिनिधीहरुले समेत महिला हिन्सा रोकथाका लागि कार्यक्रम संचालनमा प्रतिबद्धता जाहेर गरेका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर (बोहरा)ले महिला हिन्साका घटना रोकथामका लागि पालिका वडा तहबाट योजना ल्याउने बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले लैङ्गिक विभेद अन्त्यका लागि सरोकारवालाले समाजिक सचेतनामा जोडदिए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी जिल्ला समन्वय समिति कञ्चनपुरकी उपप्रमुख राम कुमार रानाले महिला हिन्सा रोकथाका लागि पालिका तहबाट समेत पहल हुनुपर्ने र त्यसका लागि आफुले जिल्लाका सबै पालिकामा कार्यान्वयन ल्याउनका लागि आब्हान गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । सुदूरपश्चिम पैरवी जिल्ला संञ्जालका सचिव निर्मला जोशीले संचालन गरेको कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधी एव महिला अगुवा सहभागि रहेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.