सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लालझाडी गाँउपालिकाले भन्यो : ‘ईन्जिनियर कुटपिट प्रकरणमा अन्य कर्मचारी बिरुद्ध नाराबाजी गर्नु दुखद’

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि ठेकेदार भीम सेन राना समुहले कुटपिट गरेको विषयमा कार्यालय आएर अन्य कर्मचारी बिरुद्धमा नाराबाजी नगर्न पालिकाले अनुरोध गरेको छ ।

बिहीबार लालझाडी गाँउपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्र्दै न्जिनियर राम प्रशाद अवस्थीमाथि ठेकेदार भीम सेन राना समुहले कुटपिट गरेको विषयमा कार्यालय आएर अन्य कर्मचारी बिरुद्धमा नाराबाजी नगर्न पालिकाले अनुरोध गरेको हो । गाँउपालिकाले जारी गरेको विज्ञप्तीमा लालझाडी गाँउपालिका २ कञ्ज बजारमा सडक स्तरोन्तीको योजना निर्माणको निरीक्षकणका क्रममा ११मंसिरमा ईन्जिनियर अवस्थी सहितका पौविधिक कर्मचारीमाथि ठेकेदार राना सहितका व्यक्तिहरुले हातपात र अभद व्यवहार भएको भन्दै निन्दा र भत्र्सना जाहेर गरेको छ ।

राष्ट्रसेवक कर्मचारी आफ्नो कार्य क्षेत्रमा खटिई कार्यालयको कामकाज गरिरहदा केही असहमती गुनासो भए समाधानका लागि कार्यालयमा जनकारी गराउनुपर्ने एव कानुन बमोजिम अघि बढ्नुपर्ने कानुन विपरित आक्र्रमणमा उत्रिने विषय कुनै पनि सर्तमा स्वीकार नहुने चेतावनी दिईएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उक्त घटनाको सत्यतथ्य छानबिन भै दोषि उपर कानुन बमोजिम कार्बाही हुने पालिकाले विश्वास व्यक्त गरेको छ । उक्त घटनालाई लिएर १३ मंसिरमा कार्यालयमा आएर अन्य कर्मचराी बिरुद्धमा नाराबाजी गर्ने कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।

Dirghayu Ads

लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा पालिकाको समगै हितका लागि यस्ता अराजक, अवाञ्छनीय, सम्वैधानिक तथा कानुन विपरितका गतिबिधीमा संलग्न जो कोही पक्षलाई प्रसई नदिई कानुनी दायरमा ल्याई कार्बाही प्रकृया अघि बढाउन समेत जनप्रतिनिधी तथा सरोकारवाला पक्षसंग आग्रह गरिएको छ ।

गत बर्ष निर्माण व्यवसायी भीम सेना राना संचालक रहेको कन्दकला कष्ट्रक्सन एड सप्लायर्स प्रालिले कञ्जमा सडक कालोपत्रे जिम्मा पाएको थियो । ईन्जिनियर अवस्थीले गुणस्तरको विषयमा प्रशन गर्दा कुटपिट गरेको बताएका थिए, भने ठेकेदार रानाले आफुसग ईन्जिनियर अवस्थीले डेढ लाख रुपैया घुस मागेकाले विवाद चर्किदा घकेदाधकेल मात्रै भएको बताए । उक्त प्रकरणमा ईन्जिनियरले न्यायका लागि ठेकेदार राना बिरुद्धमा प्रहरी र ठेकेदार रानाले ईन्जिनियर अवस्थी बिरुद्धमा अख्तियारमा उजुरी दिएका छन । उक्त घटना पछिका बाँकी रहस्यमाथि अनुसन्धान गर्न समेत स्थानीय स्तरबाट माग गरिएको छ । कर्मचारी संघ संगठनहरुले ठेकेदारमाथि कार्बाहीको माग अघि सारेका छन । केही स्थानीयले हरेक योजनाबाट कमिसन खाने भ्रष्टाचारमा लिप्त ईन्जिनियरमाथि कार्बाहीको माग अघि सारेर पालिका बिरुद्धमा बिरोध प्रर्दशनले कार्यालयमा असहज अवस्था सृजना भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.