Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हुलाकी सडक बेलडाँडी–दैजी खण्ड : ठेकेदारको लापरवाहीले सडक अलपत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १५, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सरकारले दिएको जिम्मेबारी एक ठेकेदारले पुरा होईन चरम लार्पबाही गर्दा कञ्चनपुरमा हुलाकी सडक अलपत्र पारिएको छ । मुख्य गरेर बेलडाँडी–दैजी खण्डमा ठेकेदारले सडक निर्माणमा चरम लार्पबाही गरेपछि यात्रुले बिना कारण अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

सडकको दायाँबाया जंगल छ । विचमा रहेको सडक केही खण्ड मात्रै कालोपत्रे गरेर ठेकेदारले छाडेको छ, भने केही खण्ड अलपत्र नै छाडेको छ । बर्षातका हिलाम्मे, हिउँदेमा धुलाम्मे सडकले दुर्घटनाका साथै धुवाधुलोका कारण यात्रु(जनता)को स्वास्थ्यमा गम्भिर असर पारेको छ ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६७ महिना वितिसक्दा पनि सडक अधुरै छ ।

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।

पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंससिद्धिकीले पाएका थिए । तर दुवै कम्पनीले ०८० मंसिर दोस्रो सातासम्ममा समेत काम गर्न सकेका छैनन । कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ ।

डोकेबजारदेखि बेलौरी सम्म पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएका थिए । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको हुलाकी राजमार्गले जनाएको छ ।

दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना विच १२ फागुन ०७३ देखि २६ भदौँ ०७६ मा निर्माण कार्य सक्ने सम्झौता भएको थियो ।

तर, सम्झौता भएको चार पटक म्याद थप हुँदा समेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन । सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक ७७ बैशाख १२, दोस्रो पटक ७ मंसिर ०७७, तेस्रो पटक ७ जेठ ०७८, चौथो पटक १ माघ ०७८ सम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले आयोजना कार्यालयमा फाईल पेश गरेको उक्त सडक खण्डको प्रगति ७५ प्रतिशत रहेको बुझिन्छ । कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाईन्छ । गत असारमा चार चार पटक म्याद थप गर्दा समेत समयमै काम गर्न सकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनी बिरुद्धमा सुचना नै प्रकासित गरेपनि शक्ति केन्द्र नजिक रहेका ठेकेदार भएकाले आयोजना कार्यालय निरही भएको छ । शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ । कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन ।

सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन । पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे भएको छ ।

बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् । भारतीय पक्षले सो क्षेत्रको १२सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध नभएपनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ ।

शर्माजेभी निर्माण कम्पनीले सरकारी निकायबाटै अवरोध हुँदा म्याद भित्रै काम नसकिएको बहानाबाजी गर्दै आएको छ । हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व स्रसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व