Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नालामा शौचालयका पाईप हाल्नेलाई कारवाही हुन्छ: भीमदत्त उप प्रमुख लेखक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १४, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले नालामा शौचालयका पाईप हाल्नेलाई कारवाही हुने बताएकी छन् । भीमदत्त नगरपालिका १८ स्थित महेन्द्रनगर बजारका गल्लि नम्बर २, ३ का पछाडीको ढलमा केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए । बिहिवार आफै उक्त क्षेत्रमा पुगेर नगर प्रहरी लगाएर पाईपहरु काट्न लगाएकी छन् । उनले अब उपरान्त कसैले पनि भीमदत्त नगर पालिका भित्र नालामा आफनो शौचालयको पाईप जोडेको थाहा भए कारवाही हुने उनले बताईन् ।

कञ्चनपुरको महेन्द्रनगर बजारमा नालीमा हालिएका शौचालयकोे पाईपलाई भीमदत्त नरपालिकाले काटेको छ । बिहिवार नगरपालिकाले नगर प्रहरी लगाएर नालामा सेप्टी ट्याङकीको पानी हाल्ने स्थानियहरुको पाईप काटेको हो । एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारमा निर्माणाधिन ढलमा केही व्यक्तिहरुले नाली तोडेर सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए । भीमदत्त नगरपालिका १८ स्थित महेन्द्रनगर बजारका गल्लि नम्बर २, ३ का पछाडीको ढलमा केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए । आफुहरुलाई पालिकाले जानकारी नदिई पाईप कोटेको भन्दै आक्रोस पनि पोखेका थिए । भीमदत्त नगरपालिका २ का स्थानिय प्रदिप कुमार रावलले नगरपालिकाले यस्को विकल्प दिनु पर्ने बताए ।

काम हुँदा नगरपालिकाले अनुगमन नगरेको अहिले आएर आफना पाईपहरु काटेर लैजानु गलत भएको बताए । अर्का स्थानिय नवराज भट्टले कसैले पनि ढल बग्ने नालामा आफनो सेप्टी ट्याङकीको पानी हाल्नु गलत भएको बताए । यसले सबैलाई हानी हुने भएकाले स्थानियहरुले यस्तो कार्य तुरुन्त रोक्नु पर्ने बताए । भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले यसरी नालामा आफनो सेफ्टी टयाङकबाट आउने पानी हाल्नु गैर कानुनी रहेको बताए । विगतका दिनमा पनि अव्यवस्थित तवरले नालामा सिधै शौचालयको पाईप जोडिएको भन्ने खबर आएको र सबैलाई कारवाही गरिएको अवस्थामा यो २ नम्वर र ३ नम्वरको पछाडी का नालामा पनि त्यसैगरी कार्य गरिएको पाईएको भएर सबै पाईप काटेर जफत गरिएको उनले बताए । स्थानिय वासिन्दाहरुले पनि आफु सचेत भएर काम गर्नुपर्ने यो स्वास्थ्य संग प्रत्यक्ष असर पार्ने विषय भएकाले सबेलाई कारवाही हुने बताए ।

यसले तल्लो भेगमा रहेका निम्बुखेडा , खैरभट्टी, भागफाटा, शुक्लाफाँटा आरक्ष सम्म यसको असरि पर्ने भएका ले नागरिक आफैले सचेत हुनु पर्ने बताए । यस्तै भीमदत्त नगपालिकाका नगर उपप्रमुख निलम लेखकले नालामा आफनो बाथरुमको पानी नुहाउने पानी मात्रै हाल्नका लागी प्रयोग हुनुपर्नेमा स्थानियहरुले आफै तोडफोड गरे पाईप हालिएको पाईएको बताईन् । यसरी बन्दै गरेको संरचनालार्य तोडेर गैर कानुनी रुपमा आफनै मनमर्जीले नालामा पाईप हालिनु गलत कार्य भएको उनले बताईन् । ‘केही व्यक्तिहरुले आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा हालेको कुरा हामीले जानकारी पाउने वित्तिकै ती पाइप काटेका छौँ ।’ उनगर उपप्रमुख लेखकले भनिन, ‘अन्य गल्लिमा समेत नालि तोडेर ढलमा सेप्टी ट्याङकीको ढल मिसाएको कुराहरु आएका छन् सबैलाई काट्ने योजना रहेको छ ।’  ‘अन्य ठाउँमा पनि अनुगमन गरि सेप्टी ट्याङकीको पानी ढलमा हालेको भेटिएमा त्यस्ता पाइप काटेर जफत गरिनेछ ।’ उनकाअनुसार नगरपालिकाले पटक–पटक उक्त कार्य नगर्न सूचना प्रकाशन र माइकिङ गर्दागर्दै पनि केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएपछि विहिवार नगरपालिकाले ती व्यक्तिका ढलमा मिसाएका सेप्टी ट्याङकीका पाइप काटेर जफत गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व