Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘गड्डा पारीका दुख’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुजित रमेश सिनाल, कञ्चनपुर । कञ्चनपुरसहित सुदूरपश्चिमका ९ जिल्लाको प्रमुख नाकाको रुपमा अथवा भारतका बिभिन्न ठाँउमा जानको लागी कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी नाकाको प्रयोग हुने गरेको छ । तर उक्त नाका भएर भारत जाने र नेपाल आउने नेपालीहरुलाई भारतिय सुरक्षाकर्मीहरुले गर्ने दुव्र्यवहार बारे कुराहरु उठन थालेका छन् । अहिलेको मिति २०८० मंसिर ४ गत परराष्ट्र मन्त्री एनपी साउद पनि कञ्चनपुरमा रहेका छन् उनलाई यहाँका स्थानिय,व्यापारी,समाजसेवी पर्यटक व्यवसाय लगायतहरुले गड्डाचौकी समानाकामा भारतले आफनो क्षेत्रमा पक्की कालोपत्रे बनाउने नेपाल तर्फ बनाउन नदिने, पश्चिमी क्षेत्रमा हुलाकी सडक बनाउन नदिने, सिमानकामा सहज आवागमनको व्यवस्था गरिदिन भनेर आग्रह गरिरहेका छन् ।

कञ्चनपुरका उद्योग वाणिज्य संघ, यातायात संघ, होटल व्यवसायी संघ लगायतको क्षेत्रबाट गड्डाचौकीबाट भएर जाने आउने नेपालीहरुलाई सिमानाकामा तैनाथ भएका भारतिय सुरक्षाकर्मीहरुले गर्ने दुव्र्यवहारमा सुधार हुनुपर्ने विषय यतीबेला आईरहेको छ । कतिपय छलफलमा म आफु स्वयम पनि उपश्थिती रहेको अनुभवमा हाम्रो तर्फबाट गरिने प्रयास भनेको सिमा नाकमा रहेका भारतिय सुरक्षाकर्मीहरुले हाम्रा नेपाली दाजुभाईलाई सम्मानका साथ हेरिनु पर्ने, चेकजाँचका नाममा दुव्र्यवहार नहुनु पर्ने विषय उठान भएपनि व्यवहारमा भने लागु भएको छैन् । यो लेखमा मैले आफनो अनुभवहरु पोख्ने प्रयास गरेको छु । कुरा हो असार २५ गतेको मेरो भाईलाई अचानक पेटमा समस्या भयो पेट दुख्न लाग्यो । उसको पहिला पनि भारतको खटिमामा उपचार गरिएको थियो । उसको नियमित उपचार उतै भईरहेको थियो । तर म एक पटक पनि गएको थिएन् खटिमा, मेरो बसाई कञ्चनपुर महेन्द्रनगरमा हो । भारतको सिमा नाका नजिकको बजार महेन्द्रनगर, सिमाबाट लगभग ८ किलोमिटरको दुरीमा रहेको छ ।

यसपालि मलार्ई भाई संग भारतको खटिमा जान मन लाग्यो । म बिषेश कम मात्रामा भारतको बनबासा खटिमा जाने गर्दछु । नत्र म प्राय भारत नजाने भित्र पर्दछु । अन्य मेरा छिमेकीहरु घरमा चाडपर्व आयो भने घरायसी सामग्री किन्न बनबासा जाने गर्दछन । महेन्द्रनगर बजारमा प्राय भारत बाटै सबै थोक सामानहरु आउँछ । उतै बाट सामानहरु खरिद गर्ने गर्दछन प्रत्येक महिना जाने मान्छेहरु पनि छन तर म जाँदैन, त्यसको कारण के हो भने सुरुवातमा आज भन्दा २० वर्ष पहिला म पहिलो पटक भारतको दिल्ली जाँदा यही बनबासाको बाटो नेपालको गड्डाचौकी भएर गएको थिए । त्यो बेलामा टाँगा चल्ने गर्दथे, घोडाको पछाडी बग्गी जोडेर बनाएको सवारी साधन खुब चल्ने समय थियो त्यो बेलामा, आजभोली उक्त सवारी साधन बन्द भएको छ । त्यो बेलामा भारतिय सैनिकहरु सबै पुल पारी मात्रै बस्ने गर्दथे हाम्रा दुख महेन्द्रनगर बजार बाटै सुरु हुन्थ्यो एउटै टाँगा मा बढीसवारी हाल्ने पैसा पनि बढी लिने लुटने गरेको देखेको थिए ।

नेपालीहरुलाई व्यवहार पनि राम्रो नगर्ने तँ भनेर बोल्ने हेप्ने र नेपालबाट गएका टाँगामा रहेका नेपालीहरुलाई भारतिय प्रहरीले पनि नराम्रो व्यवहार गर्ने, उता भारतबाट कमाएर आउने नेपालीहरुलाई लुटने थुप्रै दुख देखेको भएर नै मलाई भारत जान खासै मन नलाग्ने भएको हो । अब, कुरा गरौ अहिलेको धेरै वर्षपछि गड्डाचौकी, बनबासा हुँदै खटिमा जाँदै थिए । हामी मोटरसाईकलमा जाने भनेका थियौ बनबासामा सम्म, त्यसपछि उता गाडीमा जाने भन्ने कुरा भयो । गड्डाचौकीमा रहेका नेपाली सुरक्षाकर्मीहरुले खासै सोधपुछ गरेनन हामी सिधै अगाढी बढ्यौ, अहिले भारतिय सुरक्षाकर्मीहरु निकै वर नेपाल तर्फ आएका छन् । हातमा मोटा मोटा डण्डा, बन्दुक छन् बोलीमा खासै नम्रता छैन् । दिनमा सयौको संख्यामा मजदुरी गर्न भारत जाने नेपालीहरुलाई भारतियहरुले नौकरको जस्तो व्यवहार गर्ने कार्य सिमाबाटै सुरु हुन्छ । थर्काएर बोले एक जना एसएसबीले ”कहाँ जा रहे हो” कता जाँदै हो ? भनेर प्रश्न गरे उनले व्यापक चेकजाँच गर्न लागे, लगाएको हेलिमेट खोल्न लगाए र पर गएर लगाउनु भने मैले सोधे पर गएर किन लगाउने ? उनले भने, यता सिसिटिभी क्यामेरा छ त्यसमा अनुहार देखिनु पर्छ भनेर जानकारी दिए । मैले सोचे सुरक्षाको कारणले होला भनेर तर आम्रो नेपालमा यस्तो व्यवस्था छैन् । र यती कडा चेकजाँच पनि छैन् । त्यसपछि मोटरसाईकलबाट उतारेर हामी सबैलाई एउटा कोठाबाट भित्र पसाएर त्यँहा पनि चेकजाँच भयो । कोठामा गएर पनि बिभिन्न प्रश्नहरु गर्ने धम्काउने गरे, हामी बाहिर आयौ सामान्य रुपमा उपचार गर्न कामको खोजीमा जाने नेपालीहरुलाई यती कडा चेकजाँचबाट थाहा हुन्छ की भारत आफनो सुरक्षाको लागी कती सचेत छ भनेर, हामी मोटरसाईकलबाट अगाढी बनबासा पुलमा जाँदै थियौ त्यँहा पनि कही एसएसबीहरु भरतबाट आई रहेको नेपालीहरुको झोला चेक गरिरहेको थिए केहीको खल्तीमा हात हालेर पैसा पनि निकालेको देखियो ।

वर्षभरी काम गरेर दुख गरेर कमाएको पैसा सिमा आएर लुटि दिएपछि उनिहरुको आँखा मलिन देखिन्थे । हामी अगाढी गयौ । पुलमा रहेका सुरुक्षाकर्मीहरुले हामीलाई अपराध गरेर भाग्न लागेको जसरी शंकाले हेरे, हामी अगाढी गयौ, बनबासाको बजारमा पुगियो, बनबासा बजार नेपालीहरुले गर्दा नै बढी चल्ने गर्छ, सामान्य घरायसी मरमसला, चिनी साबुन सोडा किन्ने नेपालीहरुले बढी प्रयोग गर्ने बजार भनेको भारतको बनबासा नै हो । त्यँहाका हरेक एक पसलमा नेपालीहरुको घुईचो देखिन्छ, सबै व्यस्त छन सामान किन्नमा अचानक एउटा नेपालीको मोटरसाईकलले एकजना स्थानिय भारतियलाई सामान्य छुन पुग्छ, अनि विवाद सुरु भयो सबै भारतिय मिलेर ती नेपालीलाई कुट्छन, तर कसैले पनि बचाउँदैन । उनि कुटाई खाई नै रहन्छन । सबै रमिते म पनि डरले बचाउन गएन । पछि मात्रै एकदुई जना व्यापारी आएर बचाए । कुटाई खाई सकेपछि बचाएको के अर्थ, नेपालीले गर्दा आफनो दाना पानी चलेको छ भनेर त्यँहा व्यापारी भुले छन् । नेपालीलाई अभद्र व्यवहार हुँदा त्यँहा स्थानियहरुले पनि आएर बचाउनु पर्ने उनिहरुको कर्तव्य हुन आउँछ तर त्यो देखिएन । हामी खटिमा जाने भनेर गाडी चढेर गयौ भाइइको उपचार गरेर फर्किने बेला बेलुकी भई सकेको थियो ।

बनबासाको पुलमा साईकलमा सामान ओसार्ने क्यारिङ गर्ने नेपाली महिलाहरुको भिड थियो । अलि पर सुरक्षा चेकजाँच नजिक पुगेर हेर्दा ति महिलाहरुलाई अपशब्द बोल्ने हेप्ने गरेको देखे, उनिहरु प्रती राम्रो व्यवहार देखिएन सुरक्षाकर्मीहरुको, उनिहरुले बिभिन्न सामानहरु बनबासा बजारबाट नेपालमा ल्याएका हुन्छन् उनिहरुबाट पनि भारतीय सुिरक्षाकर्मीहरुले पैसा माग्ने गरेका हुन्छन् । उक्त दृश्यहरु आँखामा सम्हालेर हामी गड्डाचौकी नेपालमा प्रवेश गय्रौ, हाम्रो सिमा नाकामा दुव्र्यवहार, धम्की दिने तथा अन्य दुख ुदने कार्य देखेन चेकजाँचको नाममा अनावस्यक दुख दिने अवस्था नेपाल तर्फ छैन् । विषेश गरेर नेपालीहरुको महान पर्व दशैको समयमा बढी नेपालीहरुलाई सिमामा रहेको सुरक्षाकर्मी भारतियहरुले नै लुटने गरेका घटनाहरु बढी आउने गर्दछन् । कञ्चनपुरमा बिभिन्न समयमा सिमामा रहेका स्थानिय र भारतियहरुबिच बिभिन्न विवाद पनि हुने गर्दछ ।

विगतदेखी खनजोत गर्दै आएको आफनै खेतमा पनि खनजोतमा रोक गर्ने, नेपालको गौरवका योजनामा रोक लगाउने, विजुलीका पोल तान्न नदिने, लगायतका दुख हामी नेपालीले बेहोर्दै आएका छौ । नेपालसंगै सिमा जोडिएका क्षेत्रमा यस्ता दुख छन भने, भारतका अन्य क्षेत्रमा हाम्रा नेपाली दाजुभाईले कती दुख पाई रहेको होलान ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व