सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका विपिन जोशी गाजा क्षेत्रको अस्पतालमा रहेको जानकारी

काठमाडौं( प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर लगेकाहरु मध्येमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ ।

अक्टोबर ७ मा इजरायली भूमिमा आक्रमणपछि हमासले जोशीलाई पनि बन्धक बनाएर लगेको हो । इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स ९आईडीएफ० का प्रवक्तालाई उद्धृत गर्दै जोशीलाई हमासले बन्धक बनाएको जानकारी दिएको हो ।

इजरायलको किबुज(अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको दूतावासले बताएको हो ।

World Link Ads
Sana Kishan

दूतावासले विपिनको पछिल्लो अवस्थाबारे भने यकिन गर्न नसकिएको जनाएको छ । उनी अहिलेसम्म सम्पर्कविहीन रहेको बताउँदै इजरायलस्थित नेपाली दूतावासले खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।

यसैबीच, हमासले बन्धक बनाएकाहरुलाई गाजाको अल(शिफा अस्पताल लगिएको दाबी इजरायली सेनाले गरेको छ । सेनाले सीसीटीभी फुटेज सार्वजनिक गर्दै सो दाबी गरेको बीबीसीले जनाएको छ। उपहार खबरबाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close