कञ्चनपुर । कञ्चनपुरका एक युवा नेताले एमाले पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेका छन । कञ्चनपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टी परित्याग गरेर आएका दिपक चन्द लगायतका व्यक्तिहरुले राप्रपा प्रवेश गरेका हुन । उक्त कार्यक्रममा नव आगन्तुक सदस्यहरुलाई सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, केन्द्रीय सदस्य तिर्थराज चटौत, जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायत राप्रपा टिमले टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।
एमाले पार्टी परित्याग गरेर आएका चन्द विगत १८ बर्षदेखि एमाले पार्टीमा रहेको र भीमदत्तनगर कमिटि सदस्य र युवा संघको केन्द्रिय सदस्यको जिम्मेवारी समाल्दै आएका वडा नं. १५ गोवरीयाका चन्दले युवाहरुको भविष्य माथि चरम शोषण गर्दै भविष्य अन्यौलमा पार्ने काम भएकोले पार्टी परित्याग गरेको र पार्टीमा गुठबन्दीको चपेटामा युवाहरु नै रहेको गुनासो गरेका छन । यसै गरी सनातन संस्कृति समाज कञ्चनपुरका अध्यक्ष नारायण दत्त जोशी,शिवसेना सुदूरपश्चिम युवा संयोजक किशोर रावल,शिवसेना जिल्ला कञ्चनपुरका सचिव भुवन चन्दले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन ।