कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका तिलाचौर ब्रम्हटोलका एक बयोबृद्ध पहिलो पटक अस्पताल पुगेका छन । भीमदत्त नगरपालिका ८ तिलाचौर शताब्दी उमेर काटेका अमर सिह धामी पहिलो पटक अस्पताल पुगेका हुन । उनी घुमघाम नभई समान्य बिरामी भएपछि जिवनको पहिलो पटक अस्पताल उपचारका लागि पुगेको परिवारजनले जनाएको छ । बयोबृद्ध धामीको शनिबार महाकाली अस्पतालमा उपचार भईरहेको छ ।
दार्चुलाको हिकिला जन्मिएका १ सय ७ बर्षिया बयोबृद्ध धामी यस अघि कहिल्यै बिरामी भएर अस्पताल नआएको परिवारको दावि छ ।
धामीका नाती सन्तोष धामीले आफुले जानेदेखि अहिलेसम्म बाजे कहिल्यै बिरामी नभएको बताए । ‘पहाडमा जन्मिएर युवा अवस्थामा तराई झरेका बाजेको खानपिन रहनसहनले लामो समयसम्म बाँचेका छन, ‘उनले भने, ‘उनले भने, ‘सय बर्ष भन्दा बढि बाँच्नु नै अहोभाग्य हो ।’ बयोबृद्ध धामीको उपचारमा उनका छोरा आनसिह धामी, नाति सन्तोष धामी, प्रेमसिह धामी सहितका घर परिवारका सदस्य अस्पताल आएका थिए ।
सन १९७४मा हिकिला जन्मिएका धामी ६० बर्ष अघि तराई(महेन्द्रनगर तिलाचौर) झरेका थिए । ५ छोरा र ३ छोरी सन्तान भएका धामीका सबै छोराछोरी बृद्ध भईसकेका छन । भने ए्रक जेठा छोराको यस अघि नै निधन भएको छ । संसारमा सय बर्ष बाँच्ने मानिस बिरलै भेटिन्छन ।