कञ्चनपुर : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीकी नेत्री उमा भुजेल (शिलु) ले एमसीसी परियोजना बाहिर हेर्दा जति सुन्दर भएपनि भित्र विष बमन गरिएको टिप्पणी गरेकी छिन ।
आइतबार नेकपा महाकाली ब्यूरो कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनताको प्रशन’ विषयक अन्तरकृया कार्यक्तममा बोल्दै शिशुले एमसीसी बाहिर हेर्दा गुलियो, भित्र त्यही गुलियो भित्र विष बमन गरिएको टिप्पणी गरेकी हुन ।
नेकपाकी स्थायी कमिटि सदस्य शिलुले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्र्तरगतको योजना भएको दावि गरेकी छिन । उनले संसदले अनुमोदन गरेपनि जनताले स्वीकार नगरेको बताईन ।
‘अमेरिकाले हाम्रो मुलुकमा सडक र विद्युत’ विकास विस्तारका नाममा एमसीसी सम्झौता गरेर छ, ‘उनले भनिन,‘एमसीसी राष्ट्रघाती सम्झौता हो, यो कार्यान्वयन भए देशको राष्ट्रियता नै खतरामा पर्छ ।’ शिलुले वास्तमै एमसीसी देश र जनताको हितमा नभएको भन्दै खारेजीको विकल्प नभएको बताईन । उनले अमेरिकाले एमसीसी नेपालमा लागु गरेर चिन घेर्ने रणनीति रहेको दावि गरेकी छिन ।
अमेरिकाकै तथ्य अनुरुप एमसीसी सैन्य रणनीति अन्र्तरगतको योजना भएकाले खारेजीको विकल्प नभएको बताईन ।
संसदबाट एमसीसी पारित गरिएपनि जनताले त्यसलाई स्वीकार नगरेको बताउँदै उनले एमसीसी बिरुद्धमा नेकपाको निरन्तर लडाईरहेको बताईन । सत्ताधारी नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपासंगै नेकपा विप्लवको समेत समाजवादी संयुक्त मोर्चाले संसदीय व्यवस्था अन्त्य गर्दै समाजवाद निर्माणका लागि प्रयोग गरिने बताए ।
शिशुले अमेरिकाले ६५ अर्ब दिएर एमसीसी नेपालमा लागु गर्दै चारो मात्रै हालेको टिप्पणी गरेकी छिन । शिलुले अमेरिकाले नेपालमा अस्थिरता मच्चाउनका लागि एनजिओआईएनजिओ मार्फत लगानी गर्दै आएको बताईन । एमसीसी खारेजीका लागि राष्ट्रवादी जनता, दल एक ठा्ँउमा आउनुपर्ने आब्हान गरेकी छिन ।