सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालको असफलताको मुख्य अन्तरविरोध अमेरिकी हस्तक्षेप : विप्लव

गणेश एसके/कञ्चनपुर : नेपालको वर्तमान राज्य व्यवस्था असफलता तिर लैजाने मुख्य अन्तरविरोध फेरिएको नेकपा महासचिव नेत्र विक्रम सी (विप्लव) ले बताएका छन । बुधबार कञ्चनपुरमा आयोजित नेकपा सेती तथा महाकाली ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले अहिलेको राज्य सत्ताको मुख्य अन्तरविरोध दलाल पूँजीवादी मात्रै नभएर अमेरिकी हस्तक्षेप रहेको बताएका हुन् ।

प्रमुख अतिथिका रूपमा सहभागी नेकपा महासचिव विप्लवले हिजोको जस्तो एकल रुपमा रहेको दलाल पूँजीवादी मात्रै नेपाली जनताको दुश्मन नरहेको उनले बताए । विप्लवले भने , “ पछिल्लो समयमा विभिन्न माध्यमबाट बाह्य हस्तक्षेप बढेको र त्यसमा पनि अमेरिकी साम्राज्यवादी शक्ति बढ्दो रहेको छ ।” जसरी पनि नेपालका कम्युनिष्टहरुलाई सिध्याउनु पर्छ भन्ने योजना सहित नेपालमा अमेरिका सैन्य शक्ति सहित भित्रिन खोजेको उनले बताए । “सहयोगको नाममा एमसीसी परियोजना मार्फत अमेरिका नेपालमा सेना ल्याउन खोज्न लागेको छ र नेपालमा एमसीसी कार्यान्वयन हुन नदिन नेकपाले निरन्तर संघर्स गर्दै जाने छ , विप्लवले भने ।

कतिपय एनजीओ, आएनजीओ को नाममा विदेशी शक्तिले नेपालका जनतालाई विकास र समृद्धिका नारा देखाएर नेपाली जनतालाई निरास बनाउन ठूलो भूमिका खेलिरहेको विप्लवको भनाइ छ । वर्तमान समयमा नेपालको सामाजिक सदभाव बिगार्ने लक्ष्य सहित धर्म र पहिचानको नाममा द्वन्द्व निम्त्याउने खेल भइरहेको पनि उनले बताए । महासचिव विप्लवले अमेरिकी हस्तक्षेप रोक्न , राष्ट्रियताको पक्षमा संघर्ष गर्दै नेपाली विशेषताको समाजवाद स्थापना समाजवादी मोर्चा नेपालको स्थापना भएको बताए । आगामी दिनमा समाजवादी मोर्चालाई निरन्तर अगाडि बढ्ने पनि उनको भनाइ छ । अहिले समाजवादी मोर्चालाई अलग गर्नका लागि बाह्य रुपमा षडयन्त्र भइरहेको छ , विप्लवले भने । देशमा हरेक क्षेत्रमा रहेका भ्रष्टाचार, अनियमितता, घुसखोरी र कमिसन लगायतका समस्याको मूल कारण दलाल संसदीय व्यवस्था रहेको र यसको समाधानका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्न अपरिहार्य रहेको उनले बताए ।

राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकाप पोलीट ब्युरो सदस्य विकल्प सी ले गरेका थिए ,नेकपा सेती ब्युरो इन्चार्ज भगत सी ले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने प्रशिक्षणमा सुदुरपश्चिमका सबै जिल्लाबाट नेकपाका कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.