सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा निकट विद्यार्थी र युवा संगठन लागू औषध विरुद्धको अभियानमा

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुर र युवा संगठन नेपाल कञ्चनपुरले संयुक्त रुपमा लागू औषध दुव्र्यसन तथा ओसापसारविरुद्ध युवा विद्यार्थी सचेतना अभियान कार्यक्रम सञ्चालन गरेको छ । सोमबार सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विद्यार्थीहरुको सहभागितामा अभियान उदघाटन गरेको हो ।

सचेतना अभियान कार्यक्रम उदघाटन गर्दै नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले युवाहरु लागू औषधको नराम्रो कुलतमा लागेको बताउँदै यसमा नियंत्रण गर्न सबै व्यक्ति तथा निकायले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने कुरामा जोड दिए ।

Sana Kishan

पछिल्लो समयमा युवा तथा विद्यार्थीहरू चरम रुपमा लागू औषध कुलतमा फसेको अवस्थामा यो समस्यालाई न्यूनीकरण गर्नका लागि संगठनले उक्त अभियान सञ्चालन गरेको अखिल क्रान्तिकारी कञ्चनपुर संयोजक अनील घरडीले बताए । विद्यार्थीहरुको बीचमा छलफल तथा अन्तर्क्रिया गर्दै बढ्दो लागू औषध प्रयोग तथा ओसारपोसार न्यूनीकरणका विषयमा विद्यार्थीको सकारात्मक भूमिकालाई सक्रिय बनाउने उनले बताए ।

World Link Ads

साथै उक्त सचेतना अभियान जिल्ला भरी सबै स्थानीय तह र स्कूल क्याम्पसहरुमा गरिने संगठनले बताएको छ । उक्त अभियान कार्यक्रममा संगठनका नेताहरूको सहभागिता थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close