सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त ११ द्वारा जनतासंग जनप्रतिनिधी कार्यक्रम संचालन

कञ्चनपुर, ३२ साउन : कञ्चनपुरको एक सीमावर्ती वडाले ‘जनतासग जनप्रतिनिधी कार्यक्रम’ संचालन गरेको छ । भीमदत्त नगरपालिका ११ नम्बर वडाले जनतासंग जनप्रतिनिधी कार्यक्रम संचालन गरेको हो । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले वडाका नियमित विकास निर्माणका कामकाजसंगै वडामा सरसफाई एव जनताका जनगुनासा सुन्ने, सुझाव संकलन गरेर वडालाई सम्बृद्धि बनाउने तर्फ कार्यक्रम संचालन गरिएको बताए ।

अध्यक्ष थापाले संयुक्त रुपमा वडामा रहेका विभिन्न सार्वजनिक क्षेत्र, टोलहरुमा सरसफाईदेखि जनतासंग अन्तरसम्वाद गरेर सुझाव संकलन गरिरहेको बताए । अध्यक्ष थापाका अनुसार हुनैनाथ, बैजनाथ टोलदेखि शुरु भएको सरसफाई अभियान क्रमिक रुपमा हनुमानगढ, पशुपती, शिवज्योती, जनज्योती, महाकाली, बरेली र सम्झना टोलमा पहिलो चरणमा सक्ने बताए ।

Sana Kishan

‘हामीले जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी सहितका सरोकारवालासंगसंगै गएर फिल्डमा खटिएका छौँ, ‘वडाध्यक्ष थापाले भने, ‘जनप्रतिनिधी भएपछि केवल कुर्सीमा बसेर जनतालाई सेवा मात्रै नभई फिल्डमै खटिएर बिना रकम पनि साना साना काम गरेर वडालाई स्वच्छ, सफा सुगर राख्न सकिन्छ ।’

World Link Ads

सरसफाई अभियानसंगै गाँउगाँउमा गएर जनताका समस्या बुझ्ने, उनीहरुका सुझाव संकलन गरेर समाधानका लागि आगामी बर्षमा योजना बनाईने बताए । भीनपा ११का जनप्रतिनिधीले ‘जनतासग जनप्रतिनिधी कार्यक्रम’ अन्र्तरगत आगामी दिनमा समेत थप सृजनात्मक कार्यक्रम संचालन गर्ने अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले वडाका जेष्ठ नागरिक, अशक्तहरुलाई घरमै पुगेर चेकजाँच उपचारदेखिका जनताको माग सुझाव अनुरुप कार्यक्तम संचालन गरिने बताए । उक्त अभियानमा स्थानीयले समेत साथ दिएका छन, वडाकै जनप्रतिनिधी फिल्डमा आएर सरसफाई, उपचारमा खटिएपछि आफुहरु समेत आ–आफ्नो घरआँगन, टोल सरसफाईमा जुटेको र उपचारमा सहभागि भएको बताएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close