सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलिदेखि पानी पर्ने क्रम अझ घट्ने

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एक/दुई ठाउँमा दिउँसाे र राति पनि ठूलो वर्षाको सम्भावना छ ।

 

यस्तै, राति गण्डकी प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य पहाडी क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । गएको शुक्रवार रातिदेखि आइतवारसम्म तराईका जिल्लासहित देशभर पानी परेको थियो । त्यसपछि भने पहाडी क्षेत्रमा मात्रै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा सर्ने क्रममा रहेकाले भोलिदेखि पानी पर्ने क्रम अझ घट्ने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds