सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजमा व्यवस्था परिवर्तन भए, समाज र जनताको अवस्था परिवर्तन भएन : क्वालिटी

प्रकाश भट्ट/ कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री भोज राज जोशी (क्वालिटी) ले समाजमा व्यवस्था परिवर्तन भए पनि समाज र जनताको अवस्था भने परिवर्तन हुन् नसकेको बताएका छन्। बुधबार सुदूरपश्चिम खबर सँग गरिएको अन्तरवार्तामा रास्वपा सुदूरपश्चिम प्रदेशका महामन्त्री क्वालिटीले समाजमा व्यवस्था परिवर्तन भए पनि समाज र जनताको अवस्था भने परिवर्तन हुन् नसकेको बताएका हुन्।

Sana Kishan

उहाँले भन्नुभयो 'व्यवस्थाहरू धेरै परिवर्तन भए तर जनताको अवस्था जस्ताको त्यस्तै छ, घर घरमा सिंहदरबार त आयो तर नेताका आसेपासे र भ्रष्ट नेताहरूको लागि आयो, वास्तविक जनताका समस्याहरू जस्ताको त्यस्तै छन समाधान हुन सकेका छैनन्।' जब सम्म राजनीतिलाई समाजसेवाको भावनाले नहेरेर कमाइ खाने भाडोको रूपमा हेरिन्छ तब सम्म समाज र जनताको अवस्था परिवर्तन हुन नसक्ने उनको भनाइ रहेको छ।

क्वालिटी पछिल्लो समयदेखि समाजसेवा तथा पीडितहरूलाई सहयोग समेत गर्दै आईरहेका छन्। रास्वपाको उदय भएसँगै राजनीतिमा प्रवेश गरेका उनी अहिले रास्वपा सुदूरपश्चिम प्रदेशका महामन्त्री छन्। राजनीतिमा आउनु भन्दा पूर्व उनले स्वतन्त्र जिताऊँ अभियान समेत सञ्चालन गरेका थिए। समाजसेवा तथा गलतको विरुद्ध आवाज उठाएर जनतामाझ चर्चित भएका क्वालिटीले प्रतिनिधि सभाको निर्वाचनमा २५ वर्ष पूरा हुन २० दिन कम भएको कारण उम्मेदवारी दिन सकेका थिएनन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close