सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालेनले सार्वजनिक गरेका यी हुन् चालू आवका उपलब्धिमूलक काम

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आव ०७९÷८० मा गरेका उपलब्धिमूलक कामहरु सार्वजनिक गरेका छन्। उनका अनुसार अनधिकृत फोहोर फाल्ने २९३ व्यक्ति तथा संस्थालाई कारबाही गरिएको छ।

महानगर प्रमुख शाहले १ लाख ८० हजार ७५६ वर्गफिट पार्किङ हुने गरेको कालोपत्रे सडकबाट पार्किङ हटाएको जानकारी दिए। ‘अनधिकृत पार्किङ गरिएका १६ हजार ७५७ वटा सवारीसाधन नियन्त्रण लिइएको छ, २३१ वटा अनधिकृत सवारी वर्कसपलाई कारबाही गरिएको छ,’ उनले भने।

Sana Kishan

उनका अनुसार १ हजार २० ठाउँको सडक अतिक्रमण हटाइएको छ। २७० ठाउँमा आगलागी नियन्त्रण, १६ हजार ५७० वटा अनधिकृत संरचना
हटाइएको छ। १८ हजार ९८३ वटा अनधिकृत होर्डिङ बोर्ड र परिचय पाटी विस्थापन गरिएको उनले जानकारी दिए।

World Link Ads
Mahakali Polytechnic

९५ हजार ५३८ वर्गफिट अन्य प्रयोजनमा भएको भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण गरिएको छ। ट्राफिकको रिपोर्टको आधारमा यही कडाइको कारणले गर्दा काठमाडौंको ट्राफिक ५ मिनेट चाँडो भएको महानगर प्रमुख शाहले दावी गरेका छन्। उनले भनेका छन्, ‘धन्यवाद सबैलाई यो अभियानमा साथ दिनु भएकोमा।’ थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.