Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२२ ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि, दुम्कौलीमा ‘रेकर्ड ब्रेक’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २७, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गएको बुधबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम हिजो फेरि ‘ब्रेक’ भएको छ ।

जल तथा मौसम विज्ञान विभागले हिजो अबेर सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । बुधबार दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागका अनुसार हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ ।

तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । बाँके, चितवन, पर्सा, वारा, सर्लाही लगायतका जिल्लाहरुमा तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको छ । देशका तराई, भित्री मधेश, पहाडी उपत्यका तथा खोँचहरु साथै पहाडी भू–भागका धेरै ठाउँहरुमा केही दिनदेखि नै अधिकतम तापक्रम बढेर तातो हावा चलेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ ।

तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने मौसमविदले बताएका छन् । गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरुले ठाउँ ठाउँमा माटोको भाँडाहरुमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागती हालेर पानी खुवाउने र मोही खुवाउने परम्परागत विधिलाई निरन्तरता दिन विज्ञहरुले आग्रह गरेका छन् । तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन डाक्टरहरुको सुझाव छ । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १२, २०८३
शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह
फ्ल्यास हेडिङ

शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह

कार्तिक ११, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न
फ्ल्यास हेडिङ

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

कार्तिक २०, २०८३
सीईओ छनोटमा १६ जना उम्मेदवार

सीईओ छनोटमा १६ जना उम्मेदवार

कार्तिक २०, २०८३
तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

कार्तिक २०, २०८३
भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

कार्तिक २०, २०८३
शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

कार्तिक २०, २०८३
प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व