सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ पूर्ण खोप वडा घोषणा

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना सम्मका वडाभरीका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि वडालाई शुक्रबार पूर्ण खोप वडा घोषणा गरिएको गुरुखोला स्वास्थ्यचौकीका प्रमुख लवदेव भट्टले जानकारी दिए ।

वडालाई पूर्ण खोप घोषणाका लागि स्वास्थ्यकर्मीहरुले खोप नलगाएका बालबालिकाहरुको खोजी गरी नियमित खोप कार्यक्रममा समावेश गरेका थिए । वडामा दुई जना बालबालिकाहरुले कुनै पनि खोप नपाएको अवस्थामा उनीहरुको खोजी गरी पूर्ण खोप दिइएको भट्टले बताए ।

यस्तै वडाका ७ जना बालबालिकाहरुले पूर्ण खोप नपाएको अवस्थामा उनीहरुलाई पनि पूर्ण खोप दिइएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको स्वास्थ्यचौकी प्रमुख भट्टले बताए ।

बालबालिकाहरुले विभिन्न १३ रोग विरुद्ध पाउने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार पाएको एकीन भएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।

Mahakali Polytechnic

वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा भएको पूर्ण खोप वडा घोषणा कार्यक्रममा दशरथचन्द नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत परमानन्द भट्ट, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

World Link Ads

वडाहरुलाई पूर्ण खोप वडा घोषणा गरेपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds