Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मध्य तराईमा तातो हावासहित ‘लू’ चल्न थाल्यो, तत्काल पानी नपर्ने मौसमविदको भनाइ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ ।

अहिले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा तापक्रम बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नवलपरासीको दुम्कौलीमा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । भैरहवा, सिमरा, जनकपुर र गौरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । भैरहवा र सिमरामा ४० दशमलव ५ तथा जनकपुरमा ४० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । नेपालगञ्जमा उच्चतम तापक्रम ३८ दशमलव ८ र विरेन्द्रनगरमा ३६ दशमलव ८ रहेको छ ।

तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्दो रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने गर्छ ।

‘लू’ तथा गर्मीको समस्याबाट बच्न गर्मीको समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्वतलगायतका झोलपदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरको सुझाव छ । ‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो ।

त्यस्तै काठमाण्डौमा तापक्रम उच्चतम ३२ डिग्री सेल्सियस रहेको छ । काठमाण्डौमा पनि अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना
वातावरण

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख ३०, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
वातावरण

आजको मौसम: केही स्थानमा मेघगर्जन सहित मध्यम वर्षा हुने

बैशाख २९, २०८३
देशभर वर्षा गराउने पश्चिमी वायुको प्रणाली नेपाल भित्रिदैँ
मुख्य समाचार

देशभर वर्षा गराउने पश्चिमी वायुको प्रणाली नेपाल भित्रिदैँ

बैशाख २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख ३०, २०८३
विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

बैशाख ३०, २०८३
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख ३०, २०८३
फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

बैशाख २९, २०८३
क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

बैशाख २९, २०८३
प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल

बैशाख २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व