सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ ।

Sana Kishan

प्रि–मनसुन कमजोर भएसँगै अबको दुई÷तीन दिन खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मौसम बदली भइ पानी पार्ने र हावाहुरी चल्ने प्रणाली तत्काललाई सक्रिय छैन ।

देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । प्रि–मनसुनको समय भएकाले बेलुकीपख केही ठाउँमा बादल लागेर फाट्टफुट्ट पानी भने पर्न सक्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । प्रि–मनसुन कमजोर भएको र मनसुनी गतिविधि पनि सुरु भइनसकेकाले केही दिनको मौसम सफा नै रहने उहाँको भनाइ छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.