सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक÷ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

Sana Kishan

विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एक÷दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ । पानी परेको छैन । धेरैजसो ठाउँमा घाम लागेको छ ।

तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने मौसमविद्ले बताएका हुन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.