कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा बिहीबार मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।
बिहीवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
बिहीवार राति कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। थाहा खबर बाट सभार









Discussion about this post