देशका पहाडी भूभागमा अहिले मौसम आंशिक बदली छ। बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशका पहाडी भू–भागका केही स्थानका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।
उनका अनुसार बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। राति कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। थाहा खबर बाट सभार









Discussion about this post