कैलाली – साउद सेवा समिति कैलाली जिल्लाको दोस्रो अधिवेशन तथा भेला सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार धनगढी स्थित होटल हिमाल टप ईन टाउनको सभा हलमा सम्पन्न भएको हो।
साउद सेवा समितिका ज्येष्ठ सदस्य लाल बहादुर साउदको सभापतित्व तथा साउद सेवा समितिका केन्द्रीय अध्यक्ष लोक बहादुर साउदको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा साउद सेवा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उदयप्रकाश साउद, केन्द्रीय उपाध्यक्ष कर्णजित साउद तथा केन्द्रीय महासचिव बिरेन्द्र सिह साउदको विशिष्ट आतिथ्य रहेको थियो।
कार्यक्रममा साउद समिति कैलालीका जिल्ला सचिव लाल बहादुर साउदले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरेका हुन्। कार्यक्रममा बोल्दै साउद सेवा समितिका महासचिव बिरेन्द्र सिह साउदले दैविक प्रकोप जस्ता सङ्कटबाट ग्रस्त घरपरिवारलाई साउद सेवा समाजले सहयोग गर्दे आइरहेकोको समेत बताए ।
त्यसैगरी अधिवेशनबाट अध्यक्षमा नैन बहादुर साउद, उपाध्यक्षमा लाल बहादुर साउद, महिला उपाध्यक्षमा मीना साउद, सचिवमा ध्वज बहादुर साउद, अर्थ सचिवमा पूर्णबहादुर साउद, सह सचिवमा कुबेर साउद र सदस्यहरूमा बिर बहादुर साउद, हिरण्य साउद, बिरेन्द्र साउद तथा सल्लाहकारमा बिर बहादुर साउद र लोकबहादुर साउद गरी ११ सदस्यीय जिल्ला समिति गठन भएको छ ।