लामो समयपछि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा उत्पादन, बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार दोहोरो अङ्कले बढे पनि कारोबार रकममा भने सुधार आएको छैन ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
आज दुई सय ६२ वटा कम्पनीका ३३ लाख १५ हजार कित्ता शेयर ९४ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड १० लाख रुपैयाँको र तमोर जलविद्युत् कम्पनीको शेयर पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर १० प्रतिशत र आदर्श लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि तमोर जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)