सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैङ्कको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैङ्कको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरेको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागिरहेको बताएका हुन् ।

‘मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ ।’ बैठकमा प्रधानमन्त्रीले भने, ‘बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’

विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महसुस भएको भन्दै विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको प्रधानमन्त्रीको भनाइ छ ।

उनले अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको पनि बताए । उनले अनुगमनलाई कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भएकाले त्यतातर्फ सरकारले जोड दिइरहेको भन्दै घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न नसकिने बताए ।

Mahakali Polytechnic

बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, गृह सचिव विनोदप्रकाश सिंह, अर्थ सचिव तोयम राय लगायतका पदाधिकारीहरू सहभागी थिए । उपहार खबर बाट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.