सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लामो समयपछि शेयर बजार सामान्य बढ्यो

पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज भने सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलव शून्य सात बिन्दुमा पुगेको छ । आज उत्पादन र निर्जीवन बीमा बाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।

Sana Kishan

बजार सामान्य बढे पनि कारोबार रकममा भने सुधार आएको छैन । २ सय ६२ वटा कम्पनीका २६ लाख दुई हजार कित्ता शेयर ८१ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज सबैभन्दा धेरै कालीञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशत तथा लक्ष्मी लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरको शेयर साढे चार प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.