नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।
निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब सात हजार ७० रुपैयाँ भाडा कायम गरिएको छ ।
काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा रु तीनसय ४५ घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० रुपैयाँ कायम भएको छ । काठमाडौँ–भद्रपुर रुटमा तीन सय, विराटनगरमा रु दुई सय ४०, जनकपुरका लागि रु एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि रु एक सय १०, भैरहवाको रु दुई सय पाँच, नेपालगञ्जका लागि रु एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ रुपैयाँ हवाई भाडा घटेको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post