लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव २० अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ६८ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स, जलविद्युत्, होटल, फाइनान्स, विकास बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
बजारसँगै दिनदिनै कारोबार रकम पनि घटिरहेको छ । कुनै बेला दैनिक २१ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले एक अर्ब रुपैयाँको पनि कारोबार हुन छाडेको छ । आज दुई सय ६४ वटा कम्पनीका २९ लाख ७१ हजार कित्ता शेयर ९१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ३६ लाख र एनआईसी एसिया बैंकको तीन करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ । कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)