सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लगातार दोस्रो दिन पनि शेयर बजार राताम्मे

लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार १६ दशमलव ६७ अङ्कले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झरेको छ ।

Sana Kishan

सबै समूहको शेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ६० वटा कम्पनीका २८ लाख २९ हजार कित्ता शेयर ९२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको तीन करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै एसियन हाइड्रोपावरको शेयर पाँच प्रतिशत तथा मायाखोला जलविद्युत् र जालपा लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.