
सोमबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ।

सोमबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। अन्नपूर्ण पोस्ट बाट
