सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अर्थ मन्त्री महतलाई शेयर बजारको रातो झण्डा, २० अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

Far weast coaching ad
14
Sana Kishan

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । नयाँ अर्थ मन्त्री डाक्टर प्रकाशशरण महतले जिम्मेवारी सम्हालेपछि खुलेको पहिलो कारोबारमा बजार घटेर राताम्मे भएको हो ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ । आज दुई सय ६० वटा कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

Arus
Karnali Traders

आज सबै समूहको शेयर घटेकोमा व्यापार, बीमा, जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर साढे नौ प्रतिशतले र कालिका लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर झन्डै १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.