सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजको मौसम : बिहान सफा, दिउँसो बदली, केही ठाउँमा हल्का वर्षाको अनुमान

धेरै ठाउँको मौसम अहिले सफा छ । धेरैजसो ठाउँमा अहिले घाम लागेको छ । तर, अहिले घाम लागे पनि दिउँसो भने बदली हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो र बेलुका पानी पर्ने सम्भावना छ ।

Sana Kishan

आज कोशी प्रदेश लगायत पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै रहने छ । पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ । तर हिजोअस्तिको जस्तो लगातार पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

आज हल्का वर्षाको अनुमान छ । हिजोभन्दा आज र आजभन्दा भोलि माैसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.