सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धेरै ठाउँमा वर्षा, केही ठाउँमा हिमपात, भोलि मौसम सफा भए पनि पर्सिदेखि फेरि बदली

Far weast coaching ad
24
Sana Kishan

अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा मौसम बदली भएर धेरै ठाउँमा पानी परिरहेको छ । हिजोदेखि पानी पार्न थालेको मौसमी प्रणालीका कारण आज पनि तराई र पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । पछिल्लो १२ घण्टामा कर्णालीको तल्लो डुङेश्वरमा १० दशमलव २ मिलिमिटर, लुम्बिनीको नेपालगञ्ज विमानस्थलमा ११ दशमलव ४ मिलिमिटर, बबै जलाधारको पदम पुरमा २५ दशमलव ८ मिलिमिटर र सल्यान बजारमा १९ दशमलव ९ मिलिमिटर पानी परेको छ ।

Arus
Karnali Traders

यस्तै, दाङमा १३ दशमलव ८ मिलिमिटर, बर्दघाटमा १६ मिलिमिटर, बाग्मतीको सिन्धुलीगढीमा ३ दशमलव ४ मिलिमिटर र कोशी प्रदेशको दमकमा १८ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यो बेला धेरै ठाउँमा भारी वर्षा भएको देखिएको जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो । अहिले सक्रिय प्रणाली भोलि दिउँसोसम्म नै रहने उहाँले बताउनुभयो ।

भोलि दिउँसो पछि मौसम केही सफा भए पनि पर्सि फेरि अर्को प्रणाली सक्रिय भइ देशभर फैलने र बुधवारपछि मात्र मौसम सफा हुने जलवायु विज्ञ उप्रेतीले बताउनुभयो । अहिले पश्चिमी वायुको कारण भारतको जम्मु कश्मिरमा एउटा न्यून चापीय अवस्था बनेकोले अहिले नेपालमा वर्षा तथा हिमपात भइरहेको र आसाममा अर्को प्रणाली सक्रिय हुन थालेकाले पर्सिदेखि पुनः मौसम बदली हुने उहाँले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.