सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नवलपरासी र आसपासका नदीको बहाव बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

नवलपरासी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकोले त्यहाँ आकस्मिक बाढीको सम्भावना बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर डण्डा, बर्दघाट, परासी र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको भन्दै सुरक्षित रहन आग्रह गरेको छ ।

स–साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नारायणगढ–बुटवल सडक खण्ड भई यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपाउन महाशाखाको आग्रह छ । पश्चिमी वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ भने पूर्वमा पनि पानी पर्ने क्रम सुरु भएको छ । मधेस प्रदेशका धेरै ठाउँमा पानी पार्ने बादल फैलिएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

Sana Kishan

आज (शुक्रवार) र भोलि (शनिवार) को मौसम यस्तै रहने र पर्सि आइतवारदेखि मौसम खुल्दै जाने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज राति तराई मधेसका क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.