सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पश्चिमी नाका गड्डाचौकीबाट विदेशी पर्यटक प्रस्थान शून्य

महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुई वर्षदेखि विदेशी पर्यटक प्रस्थान (डिपार्चर) लगभग शुन्य भएको छ । कोरोना महामारी संक्रमणपछि पश्चिमी नाकाबाट आवागन र प्रस्थान दुबै बन्द भएको थियो ।

कोेरोना महामारीपछि हटेपछि विदेशी गड्डाचौकी भएर आए पनि प्रस्थान हुन नसकेका हुन् । भारतले रोक लगाएका कारण गड्डाचौकी नाकामा विदेशी पर्यटक प्रस्थान शुन्य हुन पुगेको हो ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पदमराज भट्टले भारतले यस नाकाबाट विदेशी पर्यटकलाई आफ्नो भूमि प्रवेशमा रोक लगाएकाले प्रस्थान नभएको बताए ।

‘कोरोना महामारी संक्रमणमा नाका बन्द थियो, त्यसपछि महामारी हटेर आवागमन त भई रहेको छ, डिपार्चर हुन सकेको छैन’ उनले भने,‘यस नाकाबाट भारतले पर्यटकलाई आफ्नो भूमिमा प्रवेश गर्न बन्द गरेको छ, त्यसैले यो नाकाबाट प्रस्थान हुन सकेको छैन ।’

Mahakali Polytechnic

कोरोना महामारी अघिसम्म गड्डाचौकी नाकाबाट दैनिक २५ देखि ३० जनासम्म विदेशी पर्यटक प्रस्थान हुने गरेका थिए । सन् २०२२ र यस वर्षको मार्चसम्म ७ जना विदेशी मात्रै प्रस्थान गरेका छन् । जबकी यस अवधिमा २०२२ मा ५ सय ४२ जना गड्डाचौकी नाका भएर आएका छन् ।

World Link Ads

यस वर्ष मार्चसम्म २ सय १ जना गड्डाचौकी भएर नेपाल आएका छन् । कोरोना महामारी सुरु भएर नाका बन्द भएको पहिलो वर्ष पनि ६० जना पर्यटक यस नाकाबाट बाहिरिएका थिए । त्यस बेला ५८ जना मात्रै पर्यटक गड्डाचौकी भएर नेपाल आएका थिए ।

Sana Kishan

अध्यागन कार्यालयका प्रमुख भट्टले भारतले गड्डाचौकी नाकाबाट विदेशी पर्यटकलाई प्रस्थान गर्न नदिएको कारणबारे केही जानकारी नभएको बताए । ‘के कारणले भारतले यो नाकाबाट जान दिइएको छैन, अन्य नाकाबाट त जान दिएको छ’ उनले भने,‘यो नाकाबाट जाने पर्यटन पनि ती नाकाबाट गई रहेका होलान ।’

भारतले भैरहवा, काँकडभित्ता लगायतका नाकाबाट मात्रै विदेशी पर्यटकलाई आफ्नो देश प्रवेश गर्न दिएको छ । अध्यागमन कार्यालयले गड्डाचौकी नाकाबाट पनि प्रस्थानका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयसम्म पहल गरेको छ ।

कार्यालयले केही दिन अघि प्रमुख जिल्ला अधिकारीलाई सहजीकरणका लागि पत्राचार गरेको छ । अध्यागमन कार्यालय प्रमुख भट्टले पश्चिमी नाकामा आवागान र प्रंस्थान दुबै सहज बनाउन सरोकारवाला सबैले ध्यान दिनु पर्ने बताए ।

अहिले गड्डाचौकी नाकाबाट चाइनिज बाहेक अमेरिका, युरोप, फ्रान्स, जर्मनी, जापान, रसिया लगायतका देशका पर्यटक आएका छन् । कोरोना अघिसम्म चाइनिज आउने गरे पनि अहिले आएका छैनन् ।

अध्यागन कार्यालयका अनुसार विगतमा भारतमा लामो समयसम्म बस्न आएका पर्यटक नेपाल आएर गड्डाचौकी नाका भएर फर्किने गरेका छन् । उनीहरुका अनुसार उत्तराखण्ड र उत्तर प्रदेशमा बसेका ती पर्यटक गड्डाचौकी भएर फर्किने गरेका थिए । भारतमा लामो समय बस्ने पर्यटकले ३ देखि ६ महिनाका लागि एक पटक छाड्नु पर्ने कानुनी प्रावधान छ । अहिले उनीहरु गड्डाचौकी नाकाबाट आएर पनि अन्यत्र नाकाकाट फर्किने गरेका छन् ।

विदेशी पर्यटकले नेपालमा बढीमा १ सय ५० दिनसम्म बस्ने पाउने गरेका छन् । नाकाबाट आउने पर्यटकलाई कार्यालयले १५ दिन, ३० दिन र ९० दिनको भिसा दिने गरेको छ । त्यसका लागि पर्यटकले १५ दिनका लागि ३० अमेरिकी डलर, ३० दिनका लागि ५० अमेरिकी डलर र ९० दिनका लागि १२५ अमेरिकी डलर दस्तुर तिर्दै आएका छन् ।
गड्डाचौकीमा २०४९ मा अध्यागन कार्यालय खोलिएको हो । त्यस अघि प्रहरीले अध्यागनका कामकाज हेर्दै आएको थियो ।

कोरोना महामारी अघिसम्म गड्डाचौकी नाकाबाट तीन हजार हाराहारीमा विदेशी पर्यटक आएका छन् । कोरोना महामारी संक्रमणका कारण नाका बन्द गरिएको अघिल्लो वर्षदेखि विदेशी पर्यटन आउने क्रम ह्वात्तै घटेको थियो । सन् २०२० मा ६ सय २० पर्यटक आएका थिए । त्यस वर्ष ५ सय १९ पर्यटक नाकाबाट बाहिरिएका थिए ।

सन् २०१९ मा २९३४ पर्यटक आएकोमा २२९२ पर्यटक गड्डाचौकीबट बाहिरिएका छन् । विकल्प दैनिक बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.