सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चैत १३ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sana Kishan

महाशाखाका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने सम्भावना छ । मकालु खबर बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.