कवि मनबहलाउ
जीवन चक्र त हो आखिर,
उम्रिने फुल्दै फक्रिने लहलह झुल्ने,
मनै त हो आखिर,
वनपाखा डाँडाकाँडा यत्रतत्र डुल्ने,
गति यति र पद्दती,
जीवनका सदाबहार सँगाती,
कष्टप्रदाय युक्त सारा सजीव जति,
आइपुग्छ अन्त्य जब कोहि रहँदैन सारथि,
कविता
न कसैले नियालेर हेर्छ,
न त कोहि मेरो पिडा नै बुझिदिन्छ ,
बस कुल्चिएर दगुर्नेहरुको कमी छैन यहाँ,
कति आनन्दले म माथि कुद्छन,
पछारिँदै, टुक्रिदै एकोहोरो सहिरहन्छु (2)
किन ? आखिर यो पनि छैन कि म सदासदा रहिरन्छु,
नयाँ पालुवाको आगमनमा,
चटक्कै रुख छोडेर टाढिनुको पीडा,
केवल मलाइ मात्र थाहा,
आखिर कसलाई दोष दिनु र (2)
समय नै त हो सबैथोक चलाउने (2)
उदगम देखि अन्त्यसम्म चल्ने,
जीवनचक्रमा पनि समयकै हात छ,
म पो टाडिए-रुख त रित्तिएन,
देख्नेले पनि रुखकै प्रशंसा गर्छन (2)
थाहा छ किन, पुरानो पो गयो त,
नयाँ भएनी रुखमा त पात छ,
आवश्यकता बुझेर हैन तरपनि,
सबै सुन्दर रुपकै चर्चा परिचर्चा गर्छन,
रुखलाई सुन्दर देखेर(2)
एकोहोरो पालुवाको वर्णन गर्नेलाई के थाहा,
रुखको तीव्र वृद्धि र सुन्दरता बढाउने,
त्यहि झरेको पात छ,
आफू मरेर पनि अरुलाइ बचाइरहने,
झरेर सडेर कुहिएर पनि मल दिइरहने(2)
आखिर रुखलाई जिवित राख्नमा,
यहि झरेकै पातको त हात छ(२)
रचना : ए.के. अनिल साउँद