सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज

भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै गन्धीको संसद सदस्यता खारेज भएको जानकारी दिएको छ।

चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले उनको पद खारेज गरिदिएको हो।

Sana Kishan

उनी भारतको लोकसेवा सदस्य रहेका थिए। भारतको संविधानको अनुच्छेद १०२ (१) र जन प्रतिनिधित्व अधिनियम १९५१ बमोजिम उनको पद खारेज गर्ने निर्णय गरेको संसद सचिवालयले जनाएको छ।

World Link Ads

सुरतको अदालतले गान्धीको चार वर्ष पुरानो मुद्दाको सुनुवाई गर्दै दुई वर्ष सजायको फैसला सुनाएको थियो। अदालतले १५ हजार जरिवनासमेत तिराएको थियो। अदालतले उनलाई धरौटीमा रिहा गर्दे आदेश पनि दिएको थियो।

सन् २०१९ मा उनले किन सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए। सोही टिप्पणीका आधारमा उनीमाथि अदालतमा मुद्दा दायर भएको थियो। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close