सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

Sana Kishan

बजार घटेको दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको शेयर साढे सात प्रतिशत तथा धौलागिरि लघुवित्त र मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.