कैलालीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका–३ कुडि चोकमा से.२ त १०२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएको र, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post