दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य ११ रुपैयाँ वृद्धि गरेको छ। डीडीसीले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको हो।
यससँगै स्टाण्डर्ड दूध (निलो प्याकेट) को मूल्य अब प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ। डीडीसीबाट वितरण हुने आधा लिटरको प्याकेटको ४८ रुपियाँ ५० पैसा कायम भएको छ।
डीडीसीका महाप्रबन्धक सञ्जीव झाले मन्त्रिपरिषदको निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको र बिहीबारदेखि उपभोक्ता मूल्य पनि बढाएको जानकारी दिए।
चार प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस पदार्थ (एसएनफ) रहेको प्रतिलिटर दूधमा किसानले ६५ रुपियाँ पाउने झाले बताए। डीडीसीले दूधबाहेक अन्य दुग्धजन्य पदार्थको मूल्य भने नबढाएको जनाएको छ।

थाहा खबर बाट सभार









Discussion about this post