Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तनावले शरीरका कुन–कुन अंगमा हानि गर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ चैत्र १, बुधबार १७:४५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनाव सबैलाई छ । कसैलाई रोगको तनाव, कसैलाई ऋणको, कसैलाई बेरोजगारीको, कसैलाई कलहको । सानोतिनो कामको चापदेखि ठूला–ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाइरहेको छ ।

मनोचिकित्सक भन्छन्– तनाव एक सामान्य अनुभूति हो । अर्थात् तनाव भनेको भावनात्मक स्थिति हो । यसलाई धेरैले मानसिक समस्यासँग जोडेर हेर्छन् । तर तनाव यस्तो विष हो, जसले शरीरको कुनैपनि भागमा क्षति पु¥याउँछ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक डा. सगुनबल्लभ पन्त भन्छन्, ‘तनाव मुख्य दुई प्रकारको हुन्छ । एउटा सकारात्मक तनाव र अर्को नकारात्मक तनाव ।’

तनावको विभिन्न कारण

 

शरीरमा विभिन्न आन्तरिक तनाव हुन्छ । हाम्रो पाचन प्रणाली कस्तो छ, शरीरलाई आराम पुगेको छ कि छैन, शरीरमा पौष्टिक आहारको मात्रा पुगेको छ कि छैन, मुटुको चाल लगायत शारीरिक कारणले तनाव हुने पन्त बताउँछन् ।

उनी भन्छन्, ‘कहिलेकाहीं हामी अप्रत्यक्ष रूपमा पनि तनावमा हुन्छौं । बाल्यकालको नराम्रो अनुभूति जस्तै बुलिङ र शोषणको कुरा सम्झँदा पनि हाम्रो मस्तिष्कमा असर पर्छ र तनाव हुन सक्छ ।’

‘साथीभाइसँगको नराम्रो सम्बन्ध, आफूले चाहेको कुरा पूरा गर्न नसक्दा हुने हीनताबोध लगायतका कुरा भित्र गुम्सिएर बसिरहेको हुन्छ त्यो भित्री तनाव भयो,’ पन्त भन्छन्, ‘बाहिरी कारणमा कामको बोझ, पढाइको तनाव, सम्बन्धको तनाव र बेरोजगारीको तनाव हुन्छ ।’

मान्छे किन तनावग्रस्त भइरहन्छ ?

मान्छेलाई आघात पु¥याउने घटना लगातार भइरहन्छ । जस्तो, आर्थिक अवस्था कमजोर छ भने त्यो लामो समय चलिरहेको छ । कसैलाई सामाजिक रूपमा केही कुराको लाञ्छना लागेको छ त्यो पनि लामो समय चलिरहेको छ । यस्ता तनाव गराउने तत्त्व व्यवस्थापन नभएर लामो समय चलिरहन्छ भने मान्छे तनावग्रस्त भइरहने पन्त बताउँछन् ।

‘केही तनाव गराउने तत्त्व क्षणिक रूपमा व्यवस्थापन भएपनि त्यसले बेलाबेलामा तनावलाई जगाइदिने, बढाइदिने गर्छ । मानसिक समस्या एन्जाइटी, डिप्रेसन भएका व्यक्तिमा पनि तनाव लामो समयसम्म रहिरहन्छ,’ पन्त भन्छन् ।

तनाव व्यवस्थापन भयो तर कुनै घटनाले त्यो तनावलाई ब्युँझाएर फेरि समस्या बढाउन सक्ने पन्त बताउँछन् । ‘मानौं कसैलाई डेंगी भएर निको भयो तर एक हप्तापछि फेरि ज्वरो आयो भने पहिले डेंगी हुँदा गाह्रो भएको कुरा सम्झेर तनाव हुन थाल्छ, फेरि डेंगी भयो कि भनेर,’ उनी भन्छन् ।

मान्छे पूर्ण रूपमा तनावमुक्त रहन सक्छ ?

तनाव स्वतःस्फूर्त प्रक्रिया हो । सकारात्मक तनाव मान्छेको जीवनमा हुनु जरुरी छ । सकारात्मक तनावले कुनै पनि काम राम्ररी गर्न सहयोग गर्छ । तर तनावलाई समयमै व्यवस्थापन गर्न सकिएन वा तनावको मात्रा बढ्दै गयो भने त्यो नकारात्मक तनावमा परिणत हुने पन्त बताउँछन् ।

‘त्यो नकारात्मक तनावलाई व्यवस्थापन गर्न नसक्दा सोचाइ, भावना र व्यवहारमा असर गर्छ । त्यो नकारात्मक तनाव लामो समय रहिरह्यो भने दैनिक जीवन, सम्बन्ध र व्यवहार सबैमा असर गर्छ,’ उनी भन्छन् ।

तनाव लिंदा शरीरको हरेक अंगमा असर

तनाव लिंदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा शरीरको हरेक अंगमा असर गर्छ । जब हामी तनावमा हुन्छौं, हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिले स्ट्रेस हर्मोन ‘कोर्टिसोल’ रासायनिक पदार्थको उत्पादनलाई बढाउँछ । कर्टिसोलले हाम्रो शरीरको सबै नियमित प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्ने पन्तले बताए । ‘यसले मुटुको चल, खाना पच्ने प्रक्रिया, सुगरको व्यवस्थापन र थाइराइडको व्यवस्थापनमा असर गर्छ,’ उनी भन्छन् ।

शारीरिक रोगमा तनाव कति जिम्मेवार ?

तनावले मानसिक र शारीरिक स्वास्थ्य समस्या निम्तिन्छ । यदि तनावलाई लामो समयसम्म नियन्त्रण गरिएन भने यसले डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्ने पन्त बताउँछन् ।

यसबाहेक दीर्घकालीन तनावले उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मोटोपन, डिप्रेसन वा चिन्तासम्बन्धी विकार, छालासम्बन्धी समस्या र महिनावारीको समस्या पनि निम्त्याउन सक्ने उनी बताउँछन् ।

तनाव व्यवस्थापन गर्ने प्रभावकारी विधि

तनाव नै नहुने कुनै व्यक्ति हुँदैन । सुरुमा हुने सकारात्मक तनावले मानिसलाई उन्नत हुन धेरै उपलब्धि हासिल गर्न सहयोग गर्छ । तर त्यो तनाव एउटा बिन्दु भन्दा माथि पुग्छ त्यसले नकारात्मक असर गर्न थाल्छ । त्यसैले तनाव व्यवस्थापन गर्न जान्नैपर्ने पन्त सुझाउँछन् ।

– नियमित दिनचर्याले तनावलाई व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । एउटै समयमा उठ्ने, सही समयमा आफ्नो काम सकाउने र सही समयमा सुत्ने व्यक्तिलाई तनावले धेरै सताउन पाउँदैन ।

– दैनिक ७ देखि ८ घण्टा निदाउने व्यक्तिको तनाव व्यवस्थापन राम्ररी हुन्छ ।

– दैनिक आधादेखि एक घण्टा व्यायामले पनि तनाव व्यवस्थापन गर्न सहयोग गर्छ ।

– ध्यान मेडिटेसन गर्दा, परिवारसँग रमाइलो माहोलमा समय बिताउँछौ भने ‘कर्टिसोल’ स्ट्रेस हर्मोनको मात्रा कम हुन्छ र तनाव कम हुन्छ ।

– कस्तो व्यक्तिसँग संगत गर्छौं, सामाजिक रूपमा कति घुलमिल हुन्छौं र साथीभाइसँग आफ्नो कुरा कति सेयर गर्छौं । त्यसले पनि तनावलाई असर गर्छ । त्यसैले सकारात्मक व्यक्तिको संगत, मनको कुरा साथी तथा परिवारसँग सेयर गर्दा तनाव कम हुन्छ ।

– तनाव व्यवस्थापन गर्न धेरैले धुम्रपान, मद्यपानको सहारा लिन्छन् । तर यो तनाव व्यवस्थापन गर्ने प्रभावकारी उपाय होइन । यसले क्षणिक रूपमा मात्र तनाव व्यवस्थापन गर्छ दीर्घकालीन रूपमा झन् बढाउँछ । त्यसैले तनाव व्यवस्थापन गर्न यस्ता कुराबाट टाढा रहनुपर्छ ।

– अहिले मानिसहरू सामाजिक सञ्जालमा धेरै समय बिताउँछन् । त्यसमा तनाव दिने खालका घटना र समाचार सम्प्रेषण भइरहेको हुन्छ । त्यसले मनलाई निराश बनाएर तनाव बढाउँछ । त्यसैले सामाजिक सञ्जालको प्रयोग समयलाई पनि घटाउनुपर्छ ।

– ‘हामी जे खान्छौं त्यही हुन्छौं’ धेरै प्रशोधित गरिएको खानेकुरा, जंकफुड शरीरलाई बोझ हुन्छन् । त्यसैले यस्ता प्रशोधित खानाको साटो पोषणयुक्त तथा स्वस्थकर खाना खानुपर्छ जसले शरीरलाई बोझ हुँदैन र तनाव पनि कम हुन्छ ।

– यी विधि अपनाउँदा पनि तनाव व्यवस्थापन भएन भने विशेषज्ञ डाक्टरको सहयोग लिनुपर्छ । सुमित्रा लुइटेलले अनलाइनखबरमा लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ चैत्र १, बुधबार १७:४५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ चैत्र १, बुधबार १७:४५
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०७९ चैत्र १, बुधबार १७:४५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ चैत्र १, बुधबार १७:४५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ चैत्र १, बुधबार १७:४५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ चैत्र १, बुधबार १७:४५
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ चैत्र १, बुधबार १७:४५
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ चैत्र १, बुधबार १७:४५
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ चैत्र १, बुधबार १७:४५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व