देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली रहेको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक÷दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । मेघगर्जन, चट्याङ तथा हावाहुरी प्रि–मनसुनमा हुने गतिविधि हुन् । आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अबको दुई÷तीन दिन मौसम सफा नै रहने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार









Discussion about this post