सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहाडी क्षेत्रमा मेघगर्जन, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Sana Kishan

मौसमविद् शान्ति कँडेलका अनुसार आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान पनि गरिएको छ ।

यस्तै, आज लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । दिउँसो पछि चल्ने हावाहुरीको गति सामान्यभन्दा बढी नै हुने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका हुन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.