सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रि–मनसुनसँगै चट्याङको डर : गड्याङगुडुङको आवाज सुनेपछि सुरक्षित बस्न विज्ञको सुझाव

20
Sana Kishan

प्रि–मनसुनसँगै चट्याङको डर बढेको छ । पछिल्लो २४ घण्टामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोजपुरको षडानन्द नगरपालिका–१२ पिप्लेमा चट्याङबाट एक जनाको ज्यान गएको हो । अर्का एक पुरुष घाइते भएका छन् ।

यस्तै, सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सिरुवारीमा घरमै बसेका बेला चट्याङ लागेर एक महिला घाइते भएकी जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–४ गैरीटोलमा दुई जना महिला र एक पुरुष घाइते भएका विपद् प्राधिकरणले जनाएको छ ।

Arus
Karnali Traders

गएको वैशाखयता हिजोसम्म चट्याङका २ सय ३६ वटा घटना भएका छन् । यो अवधिमा ८० जनाले ज्यान गुमाएका छन् भने २ सयभन्दा धेरै घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । नेपालमा हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु भएको छ ।

प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ । प्रि–मनसुनमा दिउँसोपख मेघगर्जन÷चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । अबका तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन पनि उहाँको आग्रह छ। चट्याङ पर्ने समयमा किसानलाई दिउँसो तथा बेलुकापख काम गर्दा सचेत हुन, त्यस्तै गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न पनि उहाँको आग्रह छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.