सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हुण्डाईको नयाँ ग्राण्ड आई१० निओस बजारमा

नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेगमेन्टमा आफ्नो लोकप्रिय मोडल ग्राण्ड आई१० निओसको फेसलिफ्ट भर्सन नेपालमा भित्र्याएको छ।

पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरूका कारण नयाँ आयाम स्थापित गर्ने संस्थाले जनाएको छ।

निओसले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ। हुन्डाई नेपाल उत्कृष्ट कारहरूसँगै आकर्षक अफर, सर्वोत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिसका लागि परिचित रहेको संस्थाले जनाएको छ। यसको मूल्य २९ लाख ९६ हजार रूपैयाँ कायम गरिएको छ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको खरिद र सर्भिसिङ सेवा दिँदै आएको छ। थाहा खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.