
सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजोको जस्तै तोलामा एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार
