सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झ¥यो

शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा झरेको हो ।

Sana Kishan

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोसीको ८ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै बोटलर्स नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.