
पहाडी क्षेत्रको एक÷दुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ भने एक÷दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एक÷दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान गरिएको छ । उज्यालो अनलाइन बाट सभार
