सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ताप्लेजुङको हिमाली क्षेत्रमा पहिलो पटक भारी हिमपात

37
Sana Kishan

ताप्लेजुङका हिमाली क्षेत्र तथा गाउँहरुमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । आइतवार हिजो बेलुका ४ बजेदेखि पानी, हिउँँका साथै केही ठाउँमा असिना समेत परेको हो।

जिल्लाको पाथीभरा क्षेत्रमा ठूलो हिमपात भएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी, तेस्रो तथा पाथीभरा मन्दिरमा ठूलो हिमपात भएको माथिल्लो फेदीका होटल व्यवसायी इन्द्र नारायण भट्टराई बताउनुहुन्छ । अहिले ताप्लेजुङ बजारबाट देखिने वरिपरिका डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिमाली गाउँहरु ओलाङचुङ्गोला, याङ्मा, घुन्सा तथा फलेमा पनि हिमपात भएको छ ।

Arus

पर्यटकीय गाउँ घुन्सामा करिब २ फिटसम्म हिउँँपरेको डण्डु शेर्पाले बताउनुभयो । अहिले धेरै जाडो भएकाले घुन्सा गाउँका बासिन्दाहरु घरबाट बाहिर ननिस्केका उहाँले बताउनु भयो । पर्यटकीय सिजन सुरु हुन लागे पनि पर्यटकहरु भने खास्सै आएका छैनन् ।

 

Karnali Traders

पर्यटकीय गाउँ ओलाङचुङ्गोला क्षेत्रमा पनि २ फिटसम्म हिउँ परेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । हिमपातका कारण अहिले मानिसहरु बाहिर निस्किएका छैनन् । यस्तै मिक्वाखोला–५ पापुङको तोक्पेगोलामा पनि भारी हिमपात भएको छ ।

असिनाले फुङलिङ नगरपालिका–९ बुङकुलुङमा बाली तथा तरकारी खेतिमा क्षति पुर्याएको छ । आलु, कोपी, लसुन जस्ता बालीनालीमा सामान्य क्षति भएको स्थानीयवासी बताउँछन् ।

यस्तै चट्याङ लागेर फुङलिङ नगरपालिका–११ फावाखोलामा भेडा पालक कृषक घाइते भएका छन् । घाइते गोपाल विष्टको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केशवप्रसाद भट्टराईले उज्यालो अनलाइनमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.